प्रचण्डका बडिगाड फेरिए
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा अधिकृत फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक डीएसपी० विनोद घिमिरेलाई दाहालको पर्सनल सेक्युरिटी अफिसर पिएसओ० का रुपमा खटाएको हो ।
यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी नरेशराज सुवेदीको रोल्पामा सरुवा भएपछि घिमिरेलाई खटाइएको हो ।
दाहालको सुरक्षामा हाल डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० गरी ५९ जना खटिने गरेका छन् । प्रचण्डमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।