एकै दिन थपिए २५ सय ६९ जना कोरोना संक्रमित, काठमाडौंमा कति ?

बुधबार, २६ कार्तिक २०७७

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताए।

काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ गरी जम्मा १२६१ जना संक्रमित थपिएका छन् ।

प्रवक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।