घट्यो सुनको मूल्य

बिहिबार, २७ कार्तिक २०७७

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ सय रुपैंयाले वढेको छ ।

बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैंया र तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैंया र तेजावी सुन प्रतितोला ९४ हजार ४ सय रुपैंयामा कारोबार भएको थियो ।

त्यस्तै बिहिबार चांदीको मूल्य स्थीर रहेको छ । चांदी प्रतितोला १ हजार २ सय २० रुपैयामा कारोबार भइरहेको सुनचांदी व्यवसायी महासंघे जनाएको छ ।