शेयर बजारमा उत्साह कायमै, दोहोरो अंकले बढेको बजार
काठमाडौँ – शेयर बजार बढ्ने क्रम जारी छ । आज विहिबार पनि बजारमा उछाल आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.८२ अंकले बढेर एक हजार ७१८.४९ मा पुगेको छ । नेप्से ०.६३ प्रतिशतले बढेको हो ।
यस्तै सेन्सेटिभ परिसूचक ३.२७ अंकले बढेर ३३८.८९ मा पुगेको छ । कूल १९८ वटा कम्पनीको एक करोड २३ लाख ३५ हजार ५ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६४ लाख ७५ हजार ८ सय ९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।