बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार २ सय रुपैंया र तेजावी सुन प्रतितोला ९४ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ७ सय रुपैँया र तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैंयामा खरिद विकी्र भएको थियो ।
त्यस्तै चांदीको मूल्य स्थीर रहेको छ । चांदी प्रतितोला १ हजार २ सय २० रुपैँया कायम रहेको छ ।