अमेरिकाले नेपाललाई दियो सय थान भेन्टिलेटर

शुक्रबार, २८ कार्तिक २०७७

काठमाडौं – कोरोनाको महामारीबीच अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सेट सहयोग गरेको छ।

शुक्रबार अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको हो।

मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री ढकालले विपद्का बेला सहयोग गरेको भन्दै नेपाल सरकारका तर्फबाट अमेरिकालाई धन्यवाद समेत दिएका थिए।