ललितपुरमा भीषण आगलागी, कति भयो क्षति ?

शुक्रबार, २८ कार्तिक २०७७

ललितपुर – शुक्रबार ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईका अनुसार आगलागीको कारण खुल्न सकेको छैन ।

आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।

घरहरुको बीचमा आगलागी भएको कारण नियन्त्रणमा लिन समस्या भएको राईले बताए । आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ ।

बिसृत विबरण आउन बाकि ।