डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
डा केसीमा रुँघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको थियो । यस्तै स्वाशप्रश्वासमा समेत समस्या आएपछि परिक्षण गर्दा पोजेटिभ देखिएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
उनलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। यतिबेला उनको थप स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जनाएको छ।