रोमालियाको एक कोभिड अस्पतालमा आगलागी, १० जनाको ज्यान गयो

आइतबार, ३० कार्तिक २०७७

एजेन्सी – दक्षिपूर्वी यूरोपको रोमानियाको एक असपतालमा आगलागी भएको छ । कोरोना संक्रमितको उपचार गरिँदै आएको अस्पतालमा शनिबार आगलागती भएको हो ।

आगलागी हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् । यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो।

बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उनलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ । विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।