होसियार ! डलर अर्बपति बिनोद चौधरीको नाममा ठगी, चिठ्टा परेको भन्दै फसाउने गिरोह सक्रिय
काठमाडौं – नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको नाममा ठगी धन्दा भइरहेको पाइएको छ । दशैं तिहारको मौका छोपी विनोद चौधरीको नक्कली फेसबुक आइडी बनाइ ठगी भइरहेको पाइएको हो ।
बिनोद चौधरीले १ हजार अमेरिकी डलरको पुरस्कार वितरण गर्न लागेको भन्दै सामाजिक संजाल फेसबुकमा स्पन्सरसमेत गरिएको छ । पिनोड चौधरी नामको फेसबुक पेज मार्फत स्पन्सर गरी हरेक नेपालीलाई एक हजार अमेरिकी डलर वितरण गर्न लागेको भन्दै फसाउन खोजिएको छ ।
जम्मा ७ जनाले लाइक गरेको यो पेजमा केहि विजेता भएको भनेर पनि राखिएको छ । विजेतालाई छिटो भन्दा छिटो सम्पर्क गर्नसमेत भनिएको छ । यो फेक आइडी कसले चलाएको हो भनेर पत्ता लागेको छैन । प्रहरीले ठगी गर्ने गिरोहको खोजी गरिरहेको जनाएको छ ।
यो पेज विदेशबाट चलाइएकाले पत्ता लगाउन गाह्रो भएको प्रहरीको भनाई छ । पछिल्लो समय नेपालमा चिठ्टा परेको भन्दै फोन वा म्यासेज गर्ने र उनीहरुबाट पैसा उठाएर फरार हुने गिरोह सक्रिय छ ।
