कहिले खुल्छन विद्यालय, आयो यस्तो निर्णय
काठमाडौं – कोभिड-१९ का कारण बन्द विद्यालयहरु आधा शैक्षिकसत्र बितिसक्दा पनि कहिले खुल्छन भन्ने निश्चित हुन सकेको छैन । महामारिको कारण नियमित पठनपाठन रोकिएपछि विद्यालयहरुले बैकल्पिक माध्ययम अबलम्बन गरि शिक्षण गरेपनि त्यो त्यति प्रभाबकारि हुन सकिरहेको छैन ।
आबिभाबक तथा विद्यार्थिहरुमा पुरा शैक्षिकसत्र नै खेरजाने होकि भन्ने चिन्ता छ। विद्यार्थिहरु लामो समय देखि घरमै बसेकाले त्यस्ले उनिहरुको भाबि शैक्षिक प्रगतिमा समेत असर पार्ने आँकलन हुन थालेको छ । त्यसबाहेक अब विद्यालय नियमित खुलेपनि निर्धारित कोर्स पुरा गर्नु अर्को चुनौति हुनेछ।
यो बिसम परिस्थितिमा शैक्षिक सत्र सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्ने भएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्यांकन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । यसपछि अब कम संक्रमित भएका ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय संचालन हुन सक्नेछन भने बढी संक्रमित भएका ठाउँमा स्थानिय निकायको निर्णय अनुसार हुनेछ।