फेरी बढ्यो सुनको मूल्य

आइतबार, ७ मंसिर २०७७

काठमाण्डौ – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि शुक्रबार जस्तै तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।