बर्दिया कारागारमा पनि मनाइयो पार्टी पुनर्गठन दिवस
काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर ७ औँ पार्टी पुनर्गठन दिवस मनाइरहेको छ । ‘एकिकृत जनक्रान्तिको झण्डालाई उचो पारौं’ भन्ने मुल नारासहित आज देशभर पार्टी पुनर्गठन दिवस मनाइदैछ ।
पार्टी पुनर्गठन दिवस बर्दिया जिल्ला कारागारमा पनि मनाइएको छ । जिल्ला कारागारमा रहेका ३ सय १ जना कैदिबन्दीहरुलाई मिठाइ र फलफुल वितरण गरेर मनाइएको हो । नेकपाका पूर्वपोलिटव्युरो सदस्य भरत बम (रणबीर)को नेतृत्वमा ३ सय १ जनालाई मिठाई वितरण गरेर शुभकामना आदानपर्दान गरिएको हो ।
सो अवसरमा कारगारमा रहेका बृद्ध, बृद्धाहरुलाई फलफुलसमेत वितरण गरेको छ । पुर्पक्षका लागि बर्दिया कारागारमा रहेका पूर्वपोलिटव्युरो सदस्य रणबीरले बृद्धहरुको आर्षिवाद लिदै पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना आदनप्रदान गरेको बताए ।