समृद्धि फाइनान्सको हकप्रद लिलामीमा, कहाँबाट दिने आवेदन ?

बुधबार, १० मंसिर २०७७

काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडको हकप्रद सेयर आजबाट लिलामी खुलेको छ । फाइनान्सले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खोलेको हो ।

लगानीकर्ताले आज (मंसिर १० गते, बुधबार)देखि मसिर १७ गते बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ तथा बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, धनुषा, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।