प्राध्यापक सिंहको घरमा पेस्तोल र मान्छे बेहोस पार्ने केमिकल

बुधबार, १० मंसिर २०७७

पर्सा – पर्साको वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापकको घरमा पेस्तोल र मान्छे बेहोस बनाउने औषधि भेटिएको छ । वडा प्रहरी कार्यालय विर्ताका इन्सपेक्टर राजेशराज पुरी र श्रीपुरका इन्सपेक्टर दिपक शाह कमाण्डको टोलीले प्राध्यापक जितेन्द्रप्रसाद सिंहको घरबाट एकथान पेस्तोल बरामद गरेका छन् ।

प्राध्यापक सिंहको घर खानतलासी गर्दा पेस्तोल, ४ राउण्ड गोली, म्यागेजिन र मान्छे बेहोस बनाउन प्रयोग हुने एनेस्थेटिक ईथर ५ सय मिलिटिर फेला परेको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । एनेस्थेटिक ईथर डाक्टरले प्रयोग गर्छन् ।