आज कति छ सुनको मूल्य ?

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं – बिहीवार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । बुधवार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीवार पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुन पनि बुधवारकै दर ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीवार चाँदी पनि स्थिर रहेको छ । चाँदी बुधवारकै दर ११ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ ।