पत्रकार सन्तोष तिवारी गिरप्तार

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं : सही जवाफ मासिक पत्रीकाका अध्यक्ष तथा संचालक सन्तोष तिवारीलाई प्रहरीले बेपत्ता बनाएको छ । पत्रकार तिवारीलाई प्रहरीले एक हप्तादेखि कहाँ राखेको छ भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी नपाएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आस्थाकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रहरीको घोर निन्दनीय कार्य भएको पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए । पत्रकार तिवारी क्रान्तिकारी पत्रकार संगठन नेपाल काठमाडौं जिल्लाका सदस्यसमेत हुन् ।

बिनाकारण पक्राउ गरेर बेपत्ता पारिएका पत्रकार तिवारीलाई तत्काल रिहा गर्न क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष करन बडालले माग गरेका छन् ।