किन ढिलो भयो माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको आईपीओ बाँडफाँड ? अब कहिले हुन्छ बाँडफाँड ?
काठमाडौं – माउन्टेन इनर्जी नेपाल र युनाइटेड इदी मर्दीले निष्काशन गरेको आईपिओ बाँडफाँड अर्को हप्तामात्र हुने भएको छ । यो हप्ता बाँडफाँड गर्ने भनिएको भएपनि मेरो सेयरमा समस्या आएपछि बाँडफाँडको मिति अर्को हप्ता धकेलिएको हो ।
मेरो सेयरमा आएका आवेदनहरु भेरिफाई गर्ने कार्यमा समय लागेको भन्दै दुवै कम्पनीले अर्को सातामात्र शेयर बाँडफाँडको तयारी गरेका हुन् ।
माउन्टेन इनर्जीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टले अझै पनि केहि आवेदन भेरिफाई गर्न बाँकि रहेकोले अर्को सातामात्र आईपिओ बाँडफाँड गर्ने तयारी गरेको बताएको छ । क्यापिटलका अनुसार सोमबार वा मंगलबार मात्र शेयर बाँडफाँड हुने छ ।
त्यस्तै, युनाइटेड इदी मर्दीले मङ्सिर ३ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको थियो ।
युनाइटेड इदी मर्दी एण्ड आर।वि। हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा अन्तिम दिनसम्ममा १२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आइतबार बेलुका ४ः३० बजे सम्ममा ५ लाख ५७ हजार २ सय ८९ आवेदकबाट १ करोड ६९ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा करिब ३÷४ हजार दोहोरो आवेदन परेको भेटिएको छ । त्यसलाई छुट्याउन समय लाग्ने भएकोले अर्को साता मात्र आईपिओ बाँडफाँड हुने छ ।