प्रभु लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं – प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको ६० लाख कित्ता आइैपीओ आउने भएको छ । कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि आईपीओ आउने निश्चित भएको हो ।

बोर्डले आज प्रकाशित गरेको सूचना अनुसार १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता आईपीओ जारी गर्न अनुमति दिएको हो ।

करिब ६० करोड रुपैयाँ बराबरको आईपीओ यसै महिना जारी गर्ने तयारी भइरहेको बिक्री प्रबन्धकले जनाएको छ । आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजि दुई अर्ब पुग्ने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीहरुले एक अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् ।