जिल्ला नगर तर्फको भोटिङ सकियो, किशोरको पक्षमा ७० प्रतिशत भोट

शनिबार, १३ मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा जिल्लानगर तर्फबाट मतदान सहिएको छ । पौने २ बजेसम्म जिल्लानगर तर्फको सबै मत खसेको छ ।

जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्। जिल्लानगर तर्फ किशोर प्रधान समुहले ७० प्रतिशत मत पाएको आंकलन गरिएको छ। यद्दपी औपचारिक नतिजा भने आउँन बाँकी नै रहेको छ।

महासंघको चुनावमा बस्तुगत तर्फ कुल १०१ मध्ये झन्डै ७० प्रतिशत मत खसेको छ भने एसोसिएट तर्फ कुल ९०४ मत मध्ये २०० प्लस मत खसेको छ ।