कालिकोटमा भिषण आगलागी, कति भयो क्षति ?

शनिबार, १३ मंसिर २०७७

कालिकोट – कालिकोटमा भिषण आगलागी भएको छ । जिल्लाको तिलागुफा नगरपालिका ४ राँचुलीमा शनिबार विहान आगलागी भएको हो । शनिबार बिहान ७ बजेतिर भएको आगलागीमा परि तीन घर जलेर नष्ट भएका छन।

तिलागुफा नगरपालिका ४ राँचुलीको दलित वस्तीमा भएको आगलागीले तीन घरमा बस्ने १२ परिवारको बिचल्ली भएको छ। प्रहरीका अनुसार स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रण गरिएको छ।

दलित बस्तीका ३ घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए।

उनका अनुसार बिहान ७ बजेतिर बिउरी विकको भान्साबाट सुरु भएको आगोले ३ घर जलेका हुन्। ३ घरमा १२ परिवार बस्दै आएको प्रहरी निरीक्षक शाहीले बताए। चुल्होमा आगो बाल्ने क्रममा काठमा आगो सल्केर गाउँमै आगो सल्किएको हो।

बिहान आगलागी भएकाले मानवीय क्षति भएको छैन। आगलागीबाट कुल विकका २ गाई जलेका छन् भने घर र अन्नपात पनि जलेको बताइएको छ।