प्रधानमन्त्रीको जबाफी प्रस्ताव खाममा हालेर वितरण, के छ प्रस्तावमा ? प्रस्तावको पूर्ण पाठसहित
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन्। आज बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सचिवालय सदस्यहरुलाई अध्ययनका लागि जवाफी पत्र दिइएको छ ।
प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि यहि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ । सचिवालय सदस्यहरुलाई खाममा राखेर जवाफी प्रस्ताव दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपाका अर्का अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गतेकै सचिवालय बैठकमा पेश गरेको प्रस्ताव र प्रधानमन्त्री ओलीबाट पेश भएको जवाफी प्रस्तावको अध्ययन गरेर अर्को बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए। ‘पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिएको उनको भनाई छ।
प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन तयार पार्न समय मागेपछि दश दिनपछि आज सचिवालय बैठक बसेको हो। नेकपाको मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।