जिल्ला-नगर समूहमा किशोर प्यानल विजयी, चन्द्र ढकाललाई ‘रुनु न हाँस्नु’
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मत परिणाम आफू अनुकुल नआएपछि चन्द्र ढकाललाई ‘रुनु न हाँस्न’
भएको छ । मिडिया मार्फत ५ ओटा प्रदेशमा आफू विजयी हुने दावी गरेका ढकाल मतपरिणाम ठिक विपरित आएपछि रुनु न हास्नुको अवस्थामा पुगेका हुन् ।
७ प्रदेश मध्ये ५ प्रदेश प्रदेशमा बरिष्ठ उपाध्यक्ष पदका उम्मेदबार किशोर प्रधान समूहका सदस्य निर्वाचित भएका छन् । एउटा एक प्रदेशमा मात्र अर्का बरिष्ठ उपाध्यक्ष पदका उम्मेदबार चन्द्र ढकाल समूहका सदस्य निर्वाचित भएका छन् भने प्रदेश १ मा निर्विरोध निर्वाचित भएका थिए ।
केन्द्रीय सदस्यमा पनि प्रधान प्यानलका १२ जना विजयी भएका छन । पछिल्लो मतपरिणाम अनुसार जिल्ला–नगरतर्फ किशोर प्यानलका १२ जना निर्वाचित भएका छन् । त्यस्तै ढकाल प्यानलबाट जम्मा ६ जना निर्वाचित भएका छन् ।
राजन श्रेष्ठ, कलम बहादुर श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, गजेन्द्र कु् भगत, अरुणराज सुमार्गी, रामेश्वर मानन्धर, विर श्रेष्ठ, देवकुमार श्रेष्ठ, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश घिमिरे विजयी भएका छन् । त्यस्तै चन्द्र बहादुर अधिकारी, सुरज कु बैद्य, कमान खड्का, डिवी बस्नेत, अमृत भट्टचन, किशोर कुमार आचार्य निर्वाचित भएका छन् ।