महासंघ मतगणना अपडेट : एसोसिएट तर्फ सौरभ ज्योति जितको नजिक, सदस्यमा कसले मार्ला बाजी ?

आइतबार, १४ मंसिर २०७७

काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघको शनिवार भएको मतगणना अपडेड आउने क्रम जार छ । पछिल्लो मतगणना अनुसार एसोसिएट तर्फको उपाध्यक्ष उमेद्वार सौरभ ज्योति जित नजिक पुगेका छन् ।

सदस्यहरूको मतगणनाको आधारमा निर्वाचित हुने पक्का भएको हो । एसोसिएट तर्फ १९ जना केन्द्रय सदस्य मध्ये अधिकांश प्रधान समूहका सदस्यहरूले लिडिङ् गरिरहेका छन्।

६०० मत गणना हुँदा साझा उम्मेदवारका रुपमा रहेका ७ जना सदस्यको जित सुनिश्चित देखिएको छ। जसमा प्रवलजंग पाण्डे, शाहिल अग्रवाल, भरत आचार्य, अम्बिका पौडेल, ज्योत्स्ना श्रेष्ठ, शैलेन्द्र गुरागाई, गोपाल खनाल छन्।