फेरी घट्यो सुनको मूल्य
काठमाडौं – नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा सात सय रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको प्रतितोला भाउ सोमबारको तुलनामा प्रतितोला ३० रुपैयाँले घटेको पनि महासंघले जनाएको छ ।