आजपनि बढ्यो सुनको मूल्य
काठमाडौं – आजपनि सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० रुपैयाँ कायम भएको छ । बुधबाबर तेजावी सुनको भाउ प्रतितोला ९० हजार ५५० रुपैयाँ थियो । यता, बिहीबार चाँदीको भाउ पनि बढेको छ ।
चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।