१४ वर्षीया बालिकालाई बलात्कार गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

शुक्रबार, १९ मंसिर २०७७

काठमाडौं – प्रहरीले एक बलात्कार आरोपीलाई ६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ । गाउँमै लुकीछिपी बसेको अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।