नेकपाभित्र अन्तिम लडाई सुरु

शनिबार, २० मंसिर २०७७

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय अनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’

सचिवालयमा दुई अध्यक्षबीच भएको पत्रसत्रुताको व्यवहार अव स्थायी समितिमा प्रस्तुत हुने छ । त्यहाँ ओली अल्पमतमा छन भने प्रचण्ड नेपालको दुईतीहाई बहुमत छ । स्थायी समितिमा पनि यसको छिनोफानो हुन नसके यो विषय केन्द्रीय कमिटीमा जाने छ ।

केन्द्रीय कमिटीले गर्ने निर्णय अन्तिम निर्णय हुने छ । सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।