फेरी घट्यो सुनको मूल्य
काठमाडौं – साताको पहिलो कारोबारको दिन आईतवार सुन र चाँदीको मूल्य सामान्य घटेको छ ।नेपाल सुन चांदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ९ सय रुपैँया र तेजावी सुन प्रतितोला ९२ हजार ४ सय ५० रुपैँयामा कारोबार भएको थियो ।
आईतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आईतवार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।