ब्लु लोटस हेल्थ होमको निशुल्क स्वास्थ्य शिबिर जारी, यसरी जनाउनुहोस् सहभागिता

मंगलबार, २३ मंसिर २०७७

काठमाडौं – नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञसहितको समूहबाट संञ्चालित ब्लु लोटस हेल्थ होमको एक हप्ते नि–शुल्क स्वास्थ्य शिबिर जारी छ । सोमबारबाट सुरु भएको स्वास्थ्य शिबिर मंसिर ३० गतेसम्म चल्ने छ ।

ललितपुरको सातदोबाटो नजिकै ताल्छिखेल चोकमा रहेको ब्लु लोटस हेल्थ होमले लामो समयदेखि कोभीड–१९ का कारण आम मानिसहरुले स्वास्थ्य सेवा नपाइरहेको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेको जनाएको छ।

‘हामीले खास गरी समाजका सिनियर सिटिजन्सलाई लक्षित गरेर यो अवसर ल्याएका छौं ।’ उक्त हेल्थ होमका संस्थापक अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर बिशेषज्ञ डा. सुरज कर्माचार्यले भने, ‘मुलतः लामो समय देखि कोभीड–१९ को डरले हस्पिटल नगई घरमै शारीरिक पीडा व्यवस्थापन गरिरहनुभएकाले लाभ लिन सक्नुहुनेछ। हामीले यस अवसरमा बिरामीको दुखाई व्यवस्थापको लागि बिभिन्न उपायहरु नि–शुल्क सिकाइ सहयोग गर्नेछौं ।’

हेल्थ होमका प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीका अनुसार उक्त शिबिरमा ढाड दुख्ने, कम्मर दुख्ने, घुंडा, गर्दन, जोर्नी दुख्ने, हड्डी खिईएको, नसा च्यापीएको, हात खुट्टा झमझमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, टाउको दुख्ने, माइग्रेन, अनिन्द्रा, ग्यस्ट्रिक्स, जन्डिस, पाइल्स, दम, कान कराउने, कान नसुन्ने, महिनावारी गडबढी, मटोपन आदी रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ।

‘खासगरी आजभोली अस्वस्थकर जीवनशैलीको कारण आम मानिसमा सर्ने रोग भन्दा नसर्ने रोग बढ्दै गएकोले नसर्ने प्रकृतिका रोगको उपचार र पूर्ण छुटकाराको लागि यो शिबिरले सहयोग गर्ने अपेक्षा राखेका छौं ।’ कार्कोले भने, ‘उक्त अवसरको सदुपयोग गर्न सबैलाई आग्रह गर्दछौं ।’

अकुपञ्चर बिशेषज्ञ तथा हेल्थहोमका डा. ईश्वर ज्ञावलीको अनुसार स्वास्थ्य शिबिर आगामी ३० गतेसम्म हरेक दिन बिहान ८ बजे देखी २ बजेसम्म संञ्चालन हुनेछ । शिबिरमा सहभागिताका लागि फोन गरेर नाम दर्ता गराउनु पर्नेछ ज्ञवालीले बताए । ‘हामीले भीडभाडलाई कम गर्ने प्रयास गरिरहेका छौं ।’ उनले भने, ‘त्यसैले हाम्रो फोन नं. मा फोन गरेरनाम दर्ता गरी अप्वाइन्टमेन्ट लिएर आउन सक्नुहुनेछ ।’

ब्लु लोटस हेल्थ होममा अनुभबी अकुपञ्चर बिशेषज्ञ (एमडी) हरुबाट अकुपञ्चर दिनुको साथै फिजियोथेरापी, आयुर्वेद, पञ्चकर्म, कपीङ, प्राकृतिक चिकित्सा आदीको माध्यमबाट बिभिन्न रोगको प्रभावकारी उपचार गरिने हेल्थहोमले जनाएको छ ।

उक्त हेल्थहोममा युवा तथा वयस्कहरुलाई लक्षित गरेर बिशेष मेडिकल तथा रिल्याकशेसन मसाज गर्ने समेत
बताएको छ। नाम दार्ताका लागि ०१–५५५०३५० वा मोबाइल नं ९८५१०७५९९६ मा फोन गरेर समय लिन सकिने हेल्थ होमले जनाएको छ ।