आठ सेकेन्ड क्वारेन्टाइनबाट बाहिरिँदा एक लाख डलर जरीवाना

मंगलबार, २३ मंसिर २०७७

एजेन्सी – क्वारेन्टाइनबाट बाहिरिएका एक जनलाई एक लाख डलर जविाना गरिएको छ । यो खवर तवाइवानको ।

क्वारेन्टाइनमा बसेका बेला नियम उल्लंघन गरेको भन्दै ताइवान प्रशासनले ती व्यक्तिसँग एक लाख ताइवानी डलर जरीवाना लिएको छ। फिलिपिन्सका एक कामदारले मात्र आठ सेकेन्ड क्वारेन्टाइन समय उल्लंघन गरेकोमा उनीमाथि उक्त सजाय तोकेको हो।

ती व्यक्त काओसिङ सहरको एक होटलमा क्वारेन्टाइनमा रहेका थिए। ती व्यक्ति होटलको कोठाबाट बाहिर निस्केको सिसिटिभीमा कैद भएको थियो। ताइवानको क्वारेन्टाइन नियमअनुसार कुनै पनि व्यक्ति आफू बसेको कोठाबाट बाहिर निस्कन नपाउने उल्लेख गरिएको छ।

काओसिङ सहरमा मात्र ५६ वटा होटलहरु क्वारेन्टाइनका रुपमा रहेर सेवा दिइरहेका छन् जसमा तीन हजार कोठाहरु रहेको सेन्ट्रल न्युज एजेन्सीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ।

पछिल्लोपटक ताइवानमा कोभिड १९ जोखिम कम गर्नका लागि क्वारेन्टाइन नियम कडा बनाइएको हो।