आफ्नै १४ वर्षिया छोरी बलात्कार गर्ने बुवा पक्राउ
दैलेख – दैलेखमा आफ्ने छोरी बलात्कार गर्ने बुवा पक्राउ परेका छन् । घरमा कोहि नभएको मोका छोपि आफ्नै १४ वर्षिया छोरी बलात्कार गर्ने ३४ वर्षिय बुवा पक्राउ परेका हुन् ।
गत शुक्रवार दिउँसो ४ः३० बजे तिर घरमा कोहि नभएको समयमा ललाइ फकाई आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि मुद्धा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर जिल्ल प्रहरी कार्यालय दैलेखको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।