संवैधानिक परिषदको बैठक बस्दै

मंगलबार, ३० मंसिर २०७७

संवैधानिक परिषद बैठकको फायल तस्वीर

काठमाडौँ – संवैधानिक परिषदको बैठक आज बस्दैछ । बैठक विहान ९ बजे बालुवाटारमा बस्ने छ ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेभएपछि स्थगित भएको थियो ।

तर मंगलबारको बैठकमा देउवा सहभागी हुने निश्चित भएको छ । उनका स्वकीय सचिव भानु देउवाले त्यसको पुष्टि गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् । बैठकमा ती पदमा नियुक्ति हुनेछ ।