आजपनि संबैधानिक परिषदको बैठक नबस्ने

मंगलबार, ३० मंसिर २०७७

संवैधानिक परिषद बैठकको फायल तस्वीर

काठमाडौं – आज विहानका लागि बोलाइएको संबैधानिक परिषदको बैठक नबस्ने भएको छ । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटा उपस्थित नहुने भएपछि बैठक नबस्ने भएको हो । यस बारेमा औपाचारिक निर्णय भने भएको छैन् ।

सभामुख सापकोटाले आफूसँग छलफल नगरेकाले बैठकमा उपस्थित नहुने उनका सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहान बालुवाटारमा संवैधानिक परिषदको बैठक बोलाएका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ । बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।

सभामुख उपस्थित नभए बैठकमा कोरम नपुगेको भन्दै स्थगित हुनेछ ।