मन्त्रीपरिषदको निर्णयबीनै प्रधानमन्त्रीले ल्याए अध्यादेश, नेकपामा हलचल
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदमा छलफलनै नगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको पाइएको छ । मंगलबार मन्त्रिपरिषदमा छलफल नै नगरी अध्यक्षदेश ल्याएको पाइएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ ।
तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । मंगलबार बसेको बैठकमा यसबारे कुनै एजेण्डा नभएको र ठाडो प्रस्ताव समेत नआएको एक मन्त्रीले बताए ।
अध्यादेश आएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहल आक्रोषित भएका छन । स्थायी समिति बैठक बसिरहेका बेलामा प्रधानमन्त्री ओलीले चोर बाटोबाट अध्यादेश ल्याएपछि प्रचण्ड आक्रोषित भएका हुन ।