ओलीलाई झट्का, अब देउवा पनि संवैधानिक परिषदमा नजाने
काठमाडौं – अध्यादेश ल्याएर बाठो पल्टिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लागेको छ । उनले बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएपछि ओलीलाई झट्का लागेको हो ।
सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने ।
यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने अध्यादेश ल्याएपछि कांग्रेसले आपत्ति जनाएको छ ।