संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं – संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा बालुवाटार पुगेपछि बैठक सुरु भएको हो ।

आज मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो। त्यसपछि परिषद्का अध्यक्ष समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि सो बैठक डाकेका थिए।

बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।

तर दिउँसो प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि देउवा बैठकमा गएका छैनन् । देउवा अनुपस्थित रहे पनि बैठक सुरु भएको छ ।