राष्ट्रपति कार्यलयमा भिम रावलको अपमान, रातभर धर्ना बस्ने
काठमाडौं – राष्ट्रपतिको कार्यलयले सक्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलको अपमान गरेको छ । संसद बैठक सुचारुको माग गर्दै ८३ जना सांसदको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यलय शीतलनिवास पुगेका नेता रावद र पम्फा भुसाललाई शीतलनिवासले अपमान गरेको हो ।
८३ जना सांसदहरुको हस्ताक्षर सहितको पत्र बोकेर बुधबार दिउँसो १२ बजेर ४८ मिनेट जाँदा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका उनीहरुको पत्र अहिलेसम्म दर्ता भएको छैन् । यो समाचार लेख्दै गर्दा सांसदद्वय रावल र भुसाल शीतलनिवासस्थित सचिव हरी पौडेलको कार्यकक्षमै बसिरहेका छन् । सचिव पौडेल भने फोन अफ गरेर दिनभर बेपत्ता छन् ।
‘जनताले चुनेका हामी ८३ जना प्रतिनिधिसभाका सदस्यहरुले विधिवत् रुपमा पत्र लेखेर राष्ट्रपति कार्यालयमा आएका छौं ।’ पाँच घण्टासम्म कुर्दा पनि चिठी दर्ता हुन नसकेकोमा आक्रोश व्यक्त गर्दै नेता रावलले भने, ‘यो दर्ता नहुँदासम्म हामी यहीँ, शीतलनिवासमै रहन्छौं । जति घण्टा, जति रात, जति दिन हुन्छ, अब यहाँ बसिरहने संकल्पका साथ बसिराखेका छौं ।’