नेपालले ओमान र अमेरिकासँग सिरिज खेल्ने
काठमाडौं – नेपालले ओमा नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एक दिवसीय सिरिज खेल्ने भएको हो ।
कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ ।
तालिकाअनुसार नेपालले मार्च १९ देखि २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने छ । यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पीएनजी र युएईलाई आतिथ्यता गर्नेछ । यसअघि नेपालले सन् २०२१ जुलाईमा स्कटल्यान्डमा नामिबियासँग सिरिज खेल्ने छ । सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाको भ्रमणमा निस्कने छ ।
जहाँ नेपालले अमेरिका र ओमानको सामना गर्नेछ । सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले खेल्नेछ । जहाँ यूएई समेत सहभागी हुनेछ । सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्यान्डको आतिथ्यता गर्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिजमा नेपालले सन् २०२३ को फेब्रुअरीमा यूएईमा, पीएनजी र यूएईसँग खेल्दै लिग २ समापन गर्नेछ । कोरोना माहामारीको कारण स्थगित भएको लिग २ का थप ९६ खेलको तालिका आईसीसीले सार्वजनिक गरेको छ ।
खेलहरु सन् २०२१, २०२२ र २०२३ को सुरुवातमा समापन हुने गरि १४ सिरिजमा विभाजन गरिएको छ । लिग २ का २१ त्रिदेशीय एकदिवसीय सिरिज पश्चात शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकप छनोटको लागि स्थान बनाउने छन् । पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनोटबाट आउँने राष्ट्रसँग विश्वकप छनोटको प्लेअपÞm खेल्नुपर्नेछ । नेपालले लिग २ अन्तर्गत गत फेब्रुअरीमा ओमान र अमेरिकासंग घरेलु मैदानमा सिरिज खेलेको थियो । घरेलु सिरिजमा नेपालले २ खेलमा जित हात पार्दा २ मा हार व्यहोरेको छ ।न र अमेरिकासँग सिरिज खेल्ने