६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

शुक्रबार, ३ पौस २०७७

म्याग्दी– ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका(५, पुलाचौर बस्ने १७ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।