प्रचण्डलाई भेटपछि प्रधामन्त्रीलाई छटपटी, तत्काल गृहमन्त्रीलाई भेट्न मन्त्री क्वार्टरमै पुगे ओली

शनिबार, ४ पौस २०७७

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बाहिरिएपछि गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन्।

बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास पुल्चोकमै पुगेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीबीच छलफल जारी छ। उक्त भेटवार्तामा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

अध्यक्ष दाहालसँग खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले साइडलाइन मिटिङका क्रममा मन्त्री निवास पुल्चोकमा पुगेर गृहमन्त्री बादलसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

खुमलटारको भेटमा प्रचण्डले कुनै एक पदबाट राजीनामा दिन भनेपछि ओलीलाई छटपटी भएको थियो । ओली संबैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरेपछि प्रचण्डले एक्सन लिने यसअघि बताइसकेका थिए ।

प्रचण्डको उक्त कुरा सुनेका ओली तुरुन्दै आफूलाई साथदिइरहेका नेता बादललाई भेट्न उनकै क्वाटरमा पुगेका थिए ।