संसद विघटनबारे संविधानमा यस्तो छ व्यवस्था

आइतबार, ५ पौस २०७७

काठमाडौं –  झण्डै दुई तिहाइ मतसहित सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

आइतबार विहान आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री ओलीले संसद विघटन सिफारिस गर्ने निर्णय सुनाएर हिँडेका थिए । मन्त्रीहरुका अनुसार नयाँ जनादेश अनुसार चल्ने भन्दै उनी बैठकबाट हिँडेका थिए ।

संसद विघटनको सिफासिर बोकेर उनी राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

पाँच वर्षका लागि जनताले दिएको म्यान्डेट पूरा नहुँदै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलकै नेताहरुसहित प्रतिपक्षीहरुले समेत यो कदमको चर्कोै विरोध गरिरहेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीले गरेको विघटनको सिफारिसलाई स्वीकृत गर्न नहुने बताए ।

त्यस्तै नेकपाका नेता माधवन कुमार नेपालले संसद विघटनको सिफारिसबाट प्रधानमन्त्री ओली फिर्ता हुनुपर्ने बताएका छन् ।
पार्टी भित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधन नेपाल समूहको घेराबन्दीमा परिरहेका ओलीले संसद विघटनको बाटो रोजेका हुन् ।

तर संविधानविद्हरुले भने वर्तमान सरकारले संविधानले गरेको व्यवस्थाअनुसार संसद् विघटन गर्न नमिल्ने बताएका छन् ।

संविधानविद् एवं नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद राधेश्याम अधिकारीले अहिलेको अवस्थामा वर्तमान सरकारले संविधानले गरेको व्यवस्थाअनुसार संसद् विघटन गर्न नमिल्ने बताएका छन् । उनले प्रारम्भिक प्रतिक्रिया दिँदै सरकारले विघटनको प्रस्ताव गरेको भए त्यो कानुनी रुपमा असंवैधानिक र अवैध भएको तर्क गरे ।

‘नेकपाको अहिलेको सरकार स्पष्ट बहुमतको सरकार हो । स्पष्ट बहुमतको सरकारले संसद विघटन गर्न मिल्ने प्रावधान संविधानमा छैन । त्यसैले यो प्रस्ताव नै गैरकानुनी छ,’ उनले भने, ‘नेकपा फुटेको भए, अर्को सरकार बनाउन मिल्ने अवस्था नभएको भए अर्कै कुरा हुन्थ्यो । पार्टीको आन्तरिक राजनीतिलाई लिएर संसद् विघटन गर्न मिल्दैन । संविधानमा त्यस्तै व्यवस्था छ ।’

संविधानविद् अधिकारीका अनुसार प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले पनि अनुमोदन गरे त्यसले संवैधानिक जटिलता निम्त्याउने निश्चित छ ।

संविधानले के भन्छ ?

वर्तमान संविधानले ०४७ सालको संविधानले जसरी प्रधानमन्त्रीलाई निरपेक्षरुपमा संसद विघटन गर्ने अधिकार दिएको छैन । त्यसैले प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष संसद विघटनको सिफरिस गर्दा र त्यसलाई राष्ट्रपतिले अनुमोदन नै गरिहाले पनि त्यो असंवैधानिक कदम हुन जान्छ । यसअघि ओलीका निर्णयमा साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले स‌सद विघटन सिफारिमा पनि लालमोहर लाउलिन् रु यसबारे सबैको चासो रहेको छ तर यो कदम भने असंवैधानिक हुन जाने संविधानविदहरु बताउँछन् ।

हुन त वर्तमान संविधानको धारा ७६ को उपधारा ७ मा संसद विघटनसम्बन्धी एउटा प्रावधान नभएको चाहिँ होइन । तर, त्यो उपधाराको प्रयोग अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न मिल्दैन, संसदमा कसैको पनि नआएको अवस्थामा ठूलो दलबाट प्रधानमन्त्री बन्ने र उसले विश्वासको मत नपाउने अवस्थामा मात्रै प्रधानमन्त्रीले सो धारा प्रयोग गर्न सक्छ ।

संविधानको धारा ७६ को उपधारा ९७० मा भनिएको छ, ‘उपधारा ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

संविधानअनुसार ‘उपधारा ९५० बमोजिम नियुक्त प्रधानमन्त्री’ले मात्रै संसद विघटनको सिफारिस गर्न सक्छ । केपी शर्मा ओली धारा ७६ ९१० अनुसार बहुमतप्राप्त दलबाट नियुक्त भएका प्रधानमन्त्री हुन्, धारा ९५० अनुसार कसैले पनि विश्वासको मत नपाएको अवस्थामा काकताली परेर ओली प्रधानमन्त्री बनेका होइनन् ।

संविधानको धारा ७६ को उपधारा ९७० को मनसाय के देखिन्छ भने संसदमा कसैले पनि बहुमत जुटाउन नसक्ने अवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष मध्यावधि चुनावको सिफारिस गर्न सक्छ, तर, आफूले विश्वास गुमाए पनि अरुले विश्वास जुटाउन सक्ने अवस्था विद्यमान हुँदाहुँदै संसद विघटन गर्न मिल्दैन । अहिले केपी ओलीले संसदको विश्वास गुमाए पनि संसदले अर्को व्यक्तिलाई विश्वास गर्न सक्ने अवस्था छ ।

संविधानको धारा ८५ ९१० मा प्रतिनिधिसभाको कार्यकालबारे उल्लेख छ, जसमा भनिएको छ, ‘यस संविधानवमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ ।’

यो प्रावधानलाई लिएर कतिपयले ‘प्रतिनिधिसभा अगावै विघटन हुन सक्ने संविधानले परिकल्पना गरेको’ ठान्न सक्छन् । तर, ‘यस संविधानवमोजिम अगावै विघटन भएकोमा बाहेक’ भन्नुको अर्थ उही धारा ७६ ९७० लाई लक्षित गरिएको हो । त्यो बाहेक प्रधानमन्त्रीले मध्यावधि समयमा आएर आफ्नो कुर्सी ढल्नासाथ संसदै विघटन गरिदिने सुविधा यो संविधानले केपी ओलीलाई दिएको छैन ।