संसद् विघटनको प्रस्ताव आएको छैन : राष्ट्रपतिको कार्यलय
काठमाडौं – राष्ट्रपति कार्यालयले संसद् विघटनसम्बन्धी कुनै प्रस्ताव नआएको बताएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री राष्ट्रपतिसँग भेट भएपनि प्रस्ताव नआएको बताए ।
उनले अहिलेसम्म कुनै लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा नआएको उनको भनाई छ । ‘अहिलेसम्म मन्त्रिपरिषद्को कुनै पनि लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा आएको छैन,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने, ‘‘प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्कनुभएको छ । तर, कुनै प्रस्ताव यहाँ आएका छैनन् ।’’