सुरक्षा परिषदको बैठक बस्दै, संकटकाल लगाउने तयारी
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बोलाएका छन् । अहिले ५ बजेका लागि बोलाइएको बैठकमा अब आउने सुरक्षा संकटका बारेमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले प्रहरीलाई गोली चलाउने सक्ने गरी अनुमति दिने तयारी थालिएको छ । संसद विघटन भएपछि देशभर आन्दोलन हुने आँकलन गर्दै प्रहरीलाई थप बलियो बनाइने तयारी स्वरुप बैठक बस्न लागेको बालु्वाटार निक श्रोतको भनाई छ ।
प्रहरीले आन्दोलन नियन्त्रण गर्न नसके सेना परिचालन गरेर संकटकाल लगाउने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीको छ ।