फेरी बढ्यो सुनको मुल्य, कतिमा हुदै छ कारोबार ?

सोमबार, ६ पौस २०७७

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मुल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुृल्य भने आज ९४ हजार ७ सय रुपैंया रहेको छ । हिजो नेपाली बजारमा तेजावी सुनको मुृल्य प्रतितोला ९३ हजार ८५० रुपैंया रहेको थियो ।

यसैगरी चाँदीको मुल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ