ओलीले चाले अर्को गोटी, प्रचण्डलाई झट्का
काठमाडौं – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् ।
पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय आयोजक समिति बनाएर सदस्य थप्न लागेका छन् । उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या १ हजार १ सय ९९ जनाको बनाउने प्रस्ताव लगेका छन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको बनाउने भनिएको छ । बैठक बालुवाटारमा जारी छ।