केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

मंगलबार, ७ पौस २०७७

काठमाडौं – प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार ओलीलाई हटाएर माधव नेपाललाई एमालेको तर्फबाट अध्यक्ष बनाइएको छ ।

उक्त बैठकमा नेकपाको ४ सय ४७ मध्ये ३१० केन्द्रीय कमिटी सदस्यहरुको उपस्थित भएको थियो ।