ओलीलाई झट्का, संसद व्युतिने पक्का !

बुधबार, ८ पौस २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई झट्का लागेको छ । संसद विघटन विरुद्धमा परेका रिटहरु संबैधानिक इजलासमा सुनुवाई हुने भएपछि ओलीलाई झट्का लागेको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि १२ ओटा रिट निवेदन सर्वोच्च अदालतमा परेका थिए । बुधबार १२ ओटै मुद्धा प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एक इजलासमा परेका थिए । उनले केही अप्रिय निर्णय गर्छन की भन्ने सनसय मच्चिएको थियो ।

तर अधिबक्ताहरुले उक्त मुद्धा संबैधानिक इजलासबाट मात्र हेर्न मिल्ने भन्दै बहस गरेपछि प्रधानन्यााधीश राणालाई नैतिक संकट परेको थियो । गह्रो मन बनाएर उनले उक्त मुद्धा संबैधानिक इजलासमा पठाउने निर्णय गरेका छन् ।

प्रधानन्यााधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संवैधानिक इजलासमा पठाउने निर्णय गरेको हो । शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा सो मुद्दामा सुनुवाइको माग गरेका थिए ।

संबैधानिक इजलासले संविधान र कानुन अनुसार फैसला गरेको खण्डमा संसद व्यतिने पक्का जस्तै छ । चोलेन्द्रले यो मुद्धालाई संबैधानिक इजलासमा पठाएसँगै संसद व्यतिने पक्का भएको हो ।