ममता मगरको मौलिक झ्याउरे गीत ‘बाँझो बारी’ सार्वजानिक (भिडियो सहित )

बुधबार, ८ पौस २०७७

काठमाडौँ – गायिका ममता ढेंगा मगरको मौलिक झ्याउरे गीत ‘बाँझो बारी’‘ सार्वजनिक भएको छ। उनकै आवाजमा रहेको गीतमा कृष्ण कुँवरले साथ दिएका छन्।

अनिल खनालको शब्द रहेको यो गीतमा संगीत तथा ऐरेन्ज रामचन्द्र चन्दको रहेको छ।

भिडियोलाई हुम गैरेले निर्देशन तथा सम्पादन गरेका हुन् भने छायाँङ्गकन बसन्त महर्जनको रहेको छ। भिडियोमा अनु पराजुली, दिप्सन भट्टराई, रीता श्रेष्ठ,टंक डुम्रे, चुमन कान्छा, सगर पन्त, सुबेक्षा रेग्मी, सौगात रेग्मी,कमल कान्छा र हरिकृष्ण राजथलाको अभिनय रहेको छ।