ललितपुरमा भयानक दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं – ललितपुरको ग्वार्कोमा भयानक दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
टाटासुमोले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको हो । बिहीबार साँझ बागमती प्रदेश ०३००१ च ०७१३ नम्बरको टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सुमोको ठक्करबाट तनहुँ घर भई ललितपुरको हरिसिद्धि बस्दै आएका ३४ वर्षीया सुनिता सोती (सापकोटा) र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टाटासुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।